कलभरी बाइबल ब्याप्टिष्ट चर्चमा तपाईंलाई धेरै स्वागत छ !
"कलभरी बाइबल ब्याप्टिष्ट चर्च एउटा स्वतन्त्र र आधारभूत स्थानिय मण्डली हो। यस मण्डलीको ढोका हरेक मानिसहरूको निम्ति खुला छ। हामी तपाईंको हरेको आत्मिक खाँचोहरूमा सहयोग गर्न तत्पर छौं। यदि तपाईं यस मण्डलीमा भेट गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो पाष्टर र चर्च परिवार तपाईंहरूलाई स्वागत गर्न तत्पर छौं। धन्यवाद।"
पाष्टर तथा कलभरी बाइबल ब्याप्टिष्ट चर्च परिवार
हामी मण्डली सेवाहरूमा निम्नानुसार अभ्यास गर्छौं:
हामी नेपालीमा टि.बि.एस. र अङ्ग्रेजीमा KJV बाइबलको प्रयोग गर्छौ।
हामी मण्डलीमा बाइबलीय भजन र सङ्गीतको प्रयोग गर्छौं।
शनिवार दुई सभाहरू हुन्छन्: शनिवारीय पाठशाला र आराधना सेवा ।
शनिवारीय पाठशालामा साना र ठूलाहरूका लागि शिक्षा दिइन्छ। आराधना सेवामा प्रार्थना, भजन, भेटी र वचनका भागहरू हुन्छन्।
बुधवार बाइबल अध्ययन र प्रार्थना सभा हुन्छन् ।
हामी अन्यभाषा, नयाँ अगमवाणी, सपना र दर्शनको अभ्यास गर्दैनौं।
हामी येशूलाई विश्वास नगरेकाहरूलाई बप्तिस्मा र प्रभु-भोज दिँदैनौं।
सम्पर्क गर्नुहोस्
यदि तपाईंको आत्मिक जीवनको सम्बन्धमा हामीले केही सहायता गर्न सक्छौं भने कृपया हामीलाई सम्पर्क राख्न नभुल्नुहोला।
ठेगाना Address
कलभरी बाइबल ब्याप्टिष्ट चर्च, महालक्ष्मी न.पा - १, ललितपुर, नेपाल ।
Calvary Bible Baptist Church, Lalitpur, Nepal.
Phone/WhatsApp: 9813230102/ 9808432732
Email: contact.cbbc@gmail.com/ info@cbbcministries.org